झलनाथ खनाल सहित प्रचण्डका यी सांसद तथा विश्वासपात्र एमसीसीको विपक्षमा — OSNepal

झलनाथ खनाल सहित प्रचण्डका यी सांसद तथा विश्वासपात्र एमसीसीको विपक्षमा

LC (KTM) February 27, 2022 0

काठमाडौं, १५ फागुन – नेकपा माओवादी केन्द्रका दुई जना सांसदले एमसीसीको विपक्षमा मत दिने भएका छ्न् ।

सांसद गिरिराजमणि पोखरेल र अञ्जना बिशंखेले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा भोट हाल्ने भएका हुन् ।

सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने निर्णय गरेको छ भने मन्त्रिपरिषद् बैठकले एमसीसीको व्याख्यात्मक प्रस्ताव पारित गरेको छ ।

तर सत्ता गठबन्धनका सांसदहरु पोखरेल र विशंखेले एमसीसीको विपक्षमा मत दिने भएका हुन् ।

त्यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि मतदान प्रकृयामा सहभागी नहुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर