गौर । १५ फागुन । चार लाख घुससहित रौतहटको देवाहीगोनाही नगरपालिकाको मेयर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नगर प्रमुख धरमेन्द्र पटेल रहेका छन् । निजलाई नगरपालिका कार्यलयबाटै खटिएको अख्तियार दुरुपयोग अनुशन्धान आयोगले पक्राउ गरेको हो ।
पक्राउ परेका निजलाई केही बेरमा सार्वजनिक गर्ने तयारी भईरहेको बताइएको छ । निज नगर प्रमुख पार्टी जनता समाजवादी पार्टी रौतहटका जिल्ला अध्यक्ष पनि रहेका छन् ।