एमसीसी अघि सरेको समय कानमा तेल हालेर बसेका पुर्व आठ जना प्रधानमन्त्रीहरुले राजनीतिबाट सन्यास लिन सक्नुपर्छ (भिडियोसहित) — OSNepal

एमसीसी अघि सरेको समय कानमा तेल हालेर बसेका पुर्व आठ जना प्रधानमन्त्रीहरुले राजनीतिबाट सन्यास लिन सक्नुपर्छ (भिडियोसहित)

LC (KTM) February 27, 2022 0

काठमाडौ १५ फागुन । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीलाई राष्ट्रघाती भन्दै ‘क्यान्सर’को अवस्थामा पुर्‍याइएको बताएका छन् ।

एमसीसीको पक्षमा खुलेरै पास गर्नुपर्छ भन्दै वकालत गर्दै आएका नेता भट्टराई अहिले जारी संसद बैठकमा यस्तो बताएका हुन् । उनले २०६६ साल यता ८ जना प्रधानमन्त्रीको पालामा अघि सरेको यो सम्झौता अहिले ती पुर्व प्रधानमन्त्रीहरु नै उफ्रिरहेको उनले बताएका छन् ।

‘त्यति बेला के कानमा तेल हालेर सुतेर बसेका थियौँ ?गल्ती थियो भने हामीले हिम्मत गर्नुपर्छ, राजनीतिबाट सन्यास लिऔँ ।’उनले भने । राष्ट्रघात भएको भए यति ठूलो काम हामीले आँखा चिम्लेर गर्न मिल्छ भन्दै उनले प्रश्न समेत गरेका छन् ।

‘गल्ती हुनसक्छ । गल्ती भयो भने गल्ती भयो भनौँ । त्यसका निम्ति प्रायश्चित गरौँ । राष्ट्रघात भएको भए यति ठूलो काम हामीले आँखा चिम्लेर गर्न मिल्छ ? कर्मचारीले गर्‍यो भन्न मिल्छ ? मिल्दैन । म नैतिक दायित्व लिन्छु’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर