काठमाडौं १५ फागुन । नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले एमसीसीको विषयमा सैन्य रणनीतिको प्रश्नहरु उठिरहेको बताएका छन् ।
आज एमसीसीको विषयमा छलफल गर्न बसेको संसद बैठकमा भाग लिँदै नेता एमसीसीमा उठेका प्रश्नहरुमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने भन्दै यस्तो बताएका हुन् ।
सैन्य र सामरिक महत्वका प्रश्न वा लेखा परीक्षक वा अरु कुनै प्रश्नहरुमा सरकारले संसदलाई स्पष्ट जवाफ दिनुपर्ने उनको तर्क रहेको छ ।