उपप्रधानमन्त्री बनेका महतोका अभिव्यक्तिमाथि टिप्पणी गर्दै नेता शर्माले भने,'राष्ट्रिय अखण्डता माथि हमला गर्ने विरुद्ध एकजुट होऔं' — OSNepal

उपप्रधानमन्त्री बनेका महतोका अभिव्यक्तिमाथि टिप्पणी गर्दै नेता शर्माले भने,’राष्ट्रिय अखण्डता माथि हमला गर्ने विरुद्ध एकजुट होऔं’

LC (KTM) June 06, 2021 0

काठमाडौँ २३ जेठ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मालेराष्ट्रिय अखण्डता माथि हमला गर्ने तत्त्वहरुलाई मद्दत पुर्याउन बारम्बार संविधान माथी प्रहार, संसद विघटन र सरकारको पुनर्गठन भएको पुष्टि भइरहेको बताएका छन् । नेता शर्माले आज ट्वीटर मार्फत बारम्बार राष्ट्रिय अखण्डतामाथि हमला गर्ने विरुद्ध एकजुट हुन आग्रह गरेका हुन् ।

उनले भनेका छन्, राष्ट्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एकजुट होऔं । उपप्रधानमन्त्री बनेका जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले विवादित अभिव्यक्ति दिएपछि नेता शर्माले यस्तो टिप्पणी गरेका छन् । उनले भनेका छन्, राष्ट्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एकजुट होऔं ।

शर्माले भनेका छन् , राष्ट्रिय अखण्डता माथि हमला गर्ने तत्त्वहरुलाई मद्दत पुर्याउन बारम्बार संविधान माथी प्रहार, संसद विघटन र सरकारको पुनर्गठन भएको पुुुष्टि भएको छ । राष्ट्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एकजुट होऔं ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर