सम्पूर्ण दस्तावेजहरु यो सदनमा नल्याई छलफल हुन सक्दैन : झलनाथ खनाल — OSNepal

सम्पूर्ण दस्तावेजहरु यो सदनमा नल्याई छलफल हुन सक्दैन : झलनाथ खनाल

LC (KTM) February 27, 2022 0

काठमाडौं १५ फागुन । नेकपा एकिकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी परियोजना एमसीसी शर्तशर्तले बेरिएको शर्त भएकाले यो अमान्य भएको बताएका छन् ।

एमसीसीको विषयमा सुरु भएको संसद बैठकमा जारी छलफलमा भाग लिएका नेता खनालले सम्पूर्ण दस्तावेजहरु यो सदनमा नल्याई छलफल हुन नसक्ने बताएका छन् ।

‘म २७५ जना सांसदहरुलाई आग्रह गर्न चाहन्छौं, तपाई हामी भेडाबाख्रा होइनौं, जनताका प्रतिनिधि हौं । कुनै पनि सम्झौतबारे ए टू जेड हेर्न पाउनुपर्छ, अध्ययन गर्न पाउनुपर्छ । अनि मात्र यो सदनले के गर्ने भन्ने निर्णय गर्नुपर्छ ।’ उनले भने ।

‘हामीलाई ५० करोड डलर अमान्य भएको होइन, १ करोड दिएपनि हुन्छ तर नेपालको स्वाभिमानलाई तल पारेर कुनै सहयोग दिइन्छ भने हामीलाई एक पैसा पनि चाहिँदैन ।’

एमसीसीले जवाफ पठाए पनि त्यसको कुनै वैधानिक धरातल नभएको दावी गरेका उनले ‘यसअघि पनि एमसीसीले सवाल जवाफ गरेको बताएका छन् ।

हाम्रा रिजर्भेसन सम्बोधन गर्न अमेरिका तयार छ भन्ने ग्यारेन्टी यो सदनले चाहेको नेता खनालले स्पष्ट पारेका छन्

.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर