महोत्तरी कोभिड–१९ महाव्याधिले घरमै जकड्याएर राखेका बेला महोत्तरीको बर्दिबास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका मुसहरले धुर्मुस–सुन्तलीको साथ पाएका छन् । महाव्याधि छल्न जिल्लामा जारी निषेधाज्ञाबीच कतै काममा निस्कन नपाएर जकडिएका मुसहरलाई धुर्मुस सुन्तली फाउण्डेशनले खाद्यान्न राहत पु¥याएर दुःखमा साथ दिएको हो । शनिबार साँझ फाउण्डेशनका अध्यक्ष हास्य कलाकार सीताराम कट्टेल ९धुर्मुस०ले ७० परिवार मुसहरलाई तत्कालको राहतका लागि खाद्यान्न वितरण गर्नुभयो ।
बस्तीका ७० परिवारले चामल, दाल, नुन, तेलसहित पुगनपुग एक महिना चल्ने सामग्री पाएका छन् । “घरघरै ३० किलो चामलको एक÷एक बोरा पाएका छौँ”, बस्तीकी आशा सादाले भन्नुभयो, “त्यसैअनुसार दाल, खानेतेल, नुन र चिउरा, दालमोठ र बिस्कुट पनि पोकामा रहेछ, अब खानाबिना मरिँदैन ।” धुर्मु र सुन्तली ९हास्य कलाकार कुञ्जना घिमिरे० त आफ्ना लागि देउताजस्तै भएका बस्तीका मुसहर बताउँछन् । अहिले महाव्याधिका बेला घरमा जकडिएर बस्नुपरेका बेला दुःखका समयमा धुर्मुस आउनुभएको बस्तीकी मनिता सादा बताउनुहुन्छ ।