देशप्रति अपमान गर्ने यो सरकार इतिहासमा देशघाती बनेर दर्ज हुनेछ : भीम रावल — OSNepal

देशप्रति अपमान गर्ने यो सरकार इतिहासमा देशघाती बनेर दर्ज हुनेछ : भीम रावल

LC (KTM) February 27, 2022 0

काठमाडौं १५ फागुन । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रघाती एमसीसी संसदमा पेश हुनु नेपाल राष्ट्रको अपमान भएको बताएका छन् । जनतालाई धोका दिएर देश प्रति अपमान गरी राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय होहल्लाका बीच संसदमा पेश गर्नु देशप्रतिको गद्दारी भएको रावलले बताएका छन् ।

आज बसेको संसद बैठकमा एमसीसीको विषयमा छलफल भइरहदा नेता रावलले यस्तो बताएका हुन् । ‘यस्तो अपमान गर्ने सरकार इतिहासमा देशघाती बनेर दर्ज हुनेछ’ उनले भने ।

एमसीसीमा समर्थन गर्नेहरु गद्दारको रुपमा इतिहासमा अंकित हुने बताएका उनले राष्ट्रिय हित र स्वाधीनताको विरुद्ध रहेको एमसीसी व्याख्यात्मक टिप्पणीबाट राष्ट्रविरोधी प्रावधान सच्याउँछु भन्नु धोका भएको उनको दावी रहेको छ ।

‘संकल्प प्रस्ताव र व्याख्यात्मक टिप्पणीबाट राष्ट्रघाती प्रावधान सच्याउनु कुरा गर्नु जनतालाई ठग्नुमात्र हो ।’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर