गण्डकी प्रदेश सभा सदस्य थापाले दायर गरेको रिटको सुनुवाई आज — OSNepal

गण्डकी प्रदेश सभा सदस्य थापाले दायर गरेको रिटको सुनुवाई आज

LC (KTM) June 06, 2021 0

काठमाडौँ २३ जेठ । गण्डकी प्रदेश सभाको जनमोर्चा केन्द्रीय सदस्य कृष्ण थापाले सर्वोच्चमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । पार्टीको विधान विपरित काम गरेको भन्दै सांसद पद खारेज भएपछि थापाले आफ्नो पदको पुनस्थापनमा लागि सर्वोच्चमा रिट दायर गरेका हुन् । थिए ।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार जोगाउन लागि परेको भन्दै थापाको सांसद पदबाट मुत्त गरिएको थियो । राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले पार्टी को साधारण सदस्य समेत नरहने गरी पार्टीले १ वर्षका लागि थापालाई निलम्बन गरेको छ ।

थापाले दायर गरेको रिटमा आफुलाई गैर कानुनी रुपमा कारवाही गरेको भन्दै पुन सांसद पद यथावत राख्न आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर