एमसीसी सम्झौता ब्याख्यात्मक घोषणासहित आजै संसदबाट अनुमोदन गर्ने सत्ता गठवन्धनको निणर्य — OSNepal

एमसीसी सम्झौता ब्याख्यात्मक घोषणासहित आजै संसदबाट अनुमोदन गर्ने सत्ता गठवन्धनको निणर्य

LC (KTM) February 27, 2022 0

काठमाडौं १५ फागुन । एमसीसी ब्याख्यात्मक घोषणासहित आज बस्ने संसद बैठकमा पारित गर्ने पाँच दलीय सत्ता गठबन्धनले निणर्य गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको – गठवन्धनको बैठकले एमसीसी सम्झौता ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदान गर्ने निर्णय गरेको हो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको सहभागिता रहेको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने पार्टीका थप छलफलगर्ने भन्दै बैठकबाट चाँडै बाहिँरिएका थिए ।

एमसीसी इन्डोप्यासिफिक रणनीतिअनुसार नरहेको, नेपालको संविधानभन्दा माथि नरहेको र यो विशुद्ध आर्थिक विकास सहयोगको रुपमा मात्र भएको भन्दै यस विषयमा निर्णायक छलफल भएको कांग्रेस नेता रामचन्द्र पौडेलले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर