संसद बैठक दिउँसो १ बजे, सुरक्षाका लागि ४ हजार प्रहरी तैनाथ यी जिल्लाबाट समेत ल्याइयो प्रहरी — OSNepal

संसद बैठक दिउँसो १ बजे, सुरक्षाका लागि ४ हजार प्रहरी तैनाथ यी जिल्लाबाट समेत ल्याइयो प्रहरी

LC (KTM) February 27, 2022 0

काठमाडौं १५ फागुन । आज आइतबार बस्ने संसद बैठकमा अमेरिकी परियोजना एमसीसीको विषयमा छलफल हुने भएको छ ।

दिउँसो १ बजे बस्ने संसद बैठकमा संसद बैठकमा एमसीसीको विषयमा छदफल हुने भएपछि एमसीसीको विरोधमा हुने प्रदर्शनकोे विषयलाई ध्यान दिँदै आज करिब चार हजार प्रहरी परिचालन हुने भएको छ ।

जसमा नयाँबानेश्वर क्षेत्रमा एसपी दिनेश मैनालीको नेतृत्वमा दुई हजार ३५३ जना नेपाल प्रहरी परिचालन भएका छन् । साथै सशस्त्र प्रहरीका एसपी नरेन्द्र सेनको नेतृत्वमा एक हजार ५६४ जना सशस्त्र प्रहरी टोली खटिएका छन् ।

जसको आज काठमाडौँबाहेक धादिङ, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट समेट प्रहरी ल्याइएको छ । एमसीसीको विरोधमा दिनहुँ नयाँबानेश्वर क्षेत्र तनावग्रस्त हुँदै आएको छ ।

आज बिहानै देखि त्यस क्षेमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर