चरम अवसरवादी प्रमाणित भएका प्रचण्ड नेपालको साथमा रहेकाहरुले नयाँ ढंगले सोच्ने वेला आयो : शंखर पोखरेल — OSNepal

चरम अवसरवादी प्रमाणित भएका प्रचण्ड नेपालको साथमा रहेकाहरुले नयाँ ढंगले सोच्ने वेला आयो : शंखर पोखरेल

LC (KTM) February 27, 2022 0

काठमाडौं १५ फागुन । नेकपा एमालेका महासचिव शंखर पोखरेलले नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल चरम अवसरवादी प्रमाणित भएको बताएका छन् ।

नेता पोखरेलले अब प्रचण्ड नेपालसँग भएकाहरुले सोच्ने बेला आएको बताउँदै अब उनीहरमा चेतना आउन पर्ने बताएका छन् । उनले भनेका छन् , ‘पनि प्रचण्ड र माधव नेपालको साथमा रहनेहरु अझै अध्यक्ष ओलीलाई नै समस्या मान्दैछन् । यी तथ्यहरुले अव त सत्यसंग लड्न सकिदैन र हुदैन भन्ने चेतना उनीहरुमा समेत आउनु पर्ने हो ।’

नेकपा गठनपछि आफैले छोडेको र पार्टीले अस्विकार गरेको आलोपालोको कुरा गरेर आफ्नै पार्टीको नेतृत्वको सरकार ढाल्ने अनुचित काममा लागेका बताएका उनले पछि सरकारमा आफ्नो नेतृत्वको दावी छोडेर संसदमा आफ्नो हाराहारीमा रहेको नेपाली कांग्रेसको नेतृत्वको सरकारमा निशर्त सहभागि भएको बताएका छन् ।

नेकपा कालमा प्रचण्ड र माधव नेपालले अध्यक्ष कमरेड केपी शर्मा ओलीका विरुद्धमा जे जे विषय उठाएर विग्रह सिर्जनागरी पार्टी विभाजनमा भूमिका खेले समयक्रममा ती सबै विषय छोडेर आफुलाई चरम अवसरवादी भएको प्रमाणित गरे । तर पनि प्रचण्ड र माधव नेपालको साथमा रहनेहरु अझै अध्यक्ष ओलीलाई नै समस्या मान्दैछन् । यी तथ्यहरुले अव त सत्यसंग लड्न सकिदैन र हुदैन भन्ने चेतना उनीहरुमा समेत आउनु पर्ने हो ।

१. जनादेश खण्डित भएको अवस्थामा जनतामा जानेकुरालाई प्रतिगमन भन्ने प्रचण्ड र माधव नेपालले स्थानिय चुनाव अगावै वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्ने प्रस्ताव राखे । तर उनीहरुको प्रस्ताव एमाले र नेकां दुबैले अस्विकार गरे ।

२.४० प्रतिसत संसदीय दलका सदस्य भए दल विभाजन गर्न पाउनेगरी ल्याएको अध्यादेशको विरोध गरे । नेकां समेतको विरोध भएपछि अध्यादेश फिर्ता गरियो । तर पछि २० प्रतिसतले नै दल विभाजन गर्न पाउनेगरी अध्यादेश जारी गरे । एमाले पार्टीको विभाजनसंगै उक्त अध्यादेश फिर्ता लिए ।

३. पार्टी एकताका लागि प्रम र पार्टी अध्यक्ष मध्ये एक पद छोड्नु पर्ने माग सहित एक व्यक्ति एक पदको कुरा गरे । तर पार्टी विभाजन पछि प्रचण्ड र माधव नेपाल दुवै आफैले अघि सारेको मान्यता विपरित पार्टी र दल नेता वन्न पुगे ।

४. नेकपा कालमा सभामुख मार्फत संसदमा एमसीसी टेवल गर्नमा रोक लगाए । तर नेकांले दवाव दिने वित्तिकै सभामुख मार्फत संसदमा टेवल गर्न लगाए ।
५.एमसीसी मार्फत सहायता पाउनका लागि आफु सरकारमा रहदा पत्राचार गरे । सरकारमै रहेका वेलामा संझौता समेत गरे । तर एमसीसी राष्ट्रघाती संझौता हो भन्दै कार्यदल बनाउने देखि सडक आन्दोलन गर्नेसम्मको रमिता देखाए । तर अहिले सत्तावाट वाहिरिने त्रास वढेपछि एमसीसी पास गर्न तयार भए ।

६. नेकपा गठनपछि आफैले छोडेको र पार्टीले अस्विकार गरेको आलोपालोको कुरा गरेर आफ्नै पार्टीको नेतृत्वको सरकार ढाल्ने अनुचित काममा लागे । तर पछि सरकारमा आफ्नो नेतृत्वको दावी छोडेर संसदमा आफ्नो हाराहारीमा रहेको नेकांको नेतृत्वको सरकारमा निशर्त सहभागि भए ।

७.नेकपा कालमा सबै सूचकहरुले सरकारको काम राम्रो रहेको देखिदा देखिदै पनि सरकारले कुनै राम्रो काम गर्न नसकेको आरोप लगाएर नेतृत्वको विरोध गरे । तर अहिलेको गठवन्धन सरकारले अर्थतन्त्र नै तहसनहस बनाउदा पनि चुप लागेर सरकारको प्रतिरक्षा गरिरहेका छन् ।
८.माधव नेपालले सदैव आफुलाई विधि र पद्धतीको पक्षमा रहेको दावी गरे । तर अन्तमा नेपालको संसदीय इतिहासमा सबैभन्दा धेरै विधि र पद्धती उलंघन गर्ने नेताका रुपमा आफुलाई प्रस्तुत गरे ।

९. अदालतमा सेटिङको आरोप केपी शर्मा ओली माथि लगाउने काम गरे । तर अदालतमा चलिरहेको आन्दोलनका क्रममा परमादेशी सरकार नै सेटिङवाट निर्माण भएको पुष्टिहुन पुग्यो । अनि अदालतमा विचाराधिन मुद्दा र स्थानिय निर्वाचन सार्नका लागि प्रधान न्यायाधिस माथि महाभियोग लगाउने काम गरे ।निर्वाचन रोक्ने उद्देश्यले मुद्दा दर्ता गर्न लगाए ।

१०. नेकपाको रक्षा आफ्नो नेतृत्वमा मात्र सम्भव हुने कुरा गरे । एकताको मर्म र भावना विपरित महाधिवेशनको सम्प्रभुतालाई समेत कुल्चदै केपी शर्मा ओलीलाई अध्यक्ष, दलको नेता र पार्टीको साधारण सदस्यवाट समेत हटाए । तर अदालतमा नेकपाको नाममा विचाराधिन मुद्दामा ऋषि कट्टेलका पक्षमा फैसला भएपछि एकताको कुरा गर्न नै छोडे । यतिवेला माधव नेपाल र प्रचण्ड दुवै अलग अलग पार्टीको मुखिया वन्न पुगेका छन्।

११ .हिजो नेकपा भएको समयमा केपी ओलीको नेतृत्वमा रहेर चुनावमा जानै नसकिने अवस्था छ भनेर भ्रम सिर्जना गरे । तर आज केपी ओलीको नेतृत्वको पार्टीलाई हराउन पाँच दलिय गठवन्धन अपरिहार्य रहेको वताउन थालेका छन् ।चुनवामा जान खुट्टा कमाइ रहेका छन् ।
१२. नेकपा भंग भएपछि नेकपा९एमाले०संग कुनै प्रकारको सहकार्य गर्न सकिदैन भन्दै घृणाको राजनीति गरे । जव एमसीसी प्रकरणमा नेकांले सरकारवाट हटाउने कुरा गर्न थाल्यो तव नेकपा९एमाले०संग वामपंथी सहकार्यको प्रस्ताव राख्न पुगे ।

यी तथ्यहरुले विगतमा अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा लगाइएका सबै आरोपहरु कुण्ठाग्रस्त मानसिकताका उपज थिए । अनि उनीहरु दुवैवाट संचालित अभियानहरु सत्ता स्वार्थवाट प्रेरित दक्षिणपंथी अवसरवादमा आधारित अभियान थिए भन्ने पुष्टि हुदै गएको छ ।
यस्तो अवस्थामा प्रचण्ड र माधव नेपालको साथमा रहेकाहरुले नयाँ ढंगले सोच्ने वेला भएन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर