एमसीसी पास गर्ने की नगर्ने भन्ने विषयमा छलफल गर्न एकीकृत समाजवादीको पार्टीको सचिवालय बैठक बोलाइयो — OSNepal

एमसीसी पास गर्ने की नगर्ने भन्ने विषयमा छलफल गर्न एकीकृत समाजवादीको पार्टीको सचिवालय बैठक बोलाइयो

LC (KTM) February 27, 2022 0

काठमाडौं, १५ फागुन . अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा थप छलफल गर्न नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक बोलाएको छ ।

सत्तारुढ गठबन्धन दलमा एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन सहमत देखिएपछि नेकपा एसले सचिवालय बैठक बोलाएको हो ।

प्रतिनिधिसभा बैठकको दुई घन्टा अघि अर्थात् बिहान ११ बजे बस्ने बैठकले एमसीसी परियोजनाका बारेमा पक्षमा उभिने कि सो परियोजनाका बारेमा विरोध दर्ज गराउँदै अगाडी बढाउन दिने ? भन्ने मध्ये एक विकल्पमा आवश्यक निर्णय लिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर