वडाअध्यक्ष स्मृतिकपमा अर्घाखाँची बुलेटिनकाे टिम फाइनल प्रवेश — OSNepal

वडाअध्यक्ष स्मृतिकपमा अर्घाखाँची बुलेटिनकाे टिम फाइनल प्रवेश

LC (KTM) February 27, 2022 0

अर्घाखाँची,१५ फागुन -सन्धिखर्क नगरपालिका-८ किमडाँडामा जारी वडाअध्यक्ष स्मृतिकप भलिबल प्रतियोगितामा अर्घाखाँची बुलेटिनको टिम फाइनल प्रवेश गरेको छ ।जिल्ला प्रहरी कार्यालयको बि टिमलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको प्रगतिशील धारापानीलाई दुई एकले पराजित गर्दै अर्घाखाँची बुलेटिन फाइनल प्रवेश गरेको हो । यसअघि भएको पहिलो खेलमा असुरकोटले आयोजक विलाई सोझो सेटमा पराजित गरेको थियो । दोस्रो खेलमा ढाकावाङ्ग भलिबल क्लबलाई पराजित गर्दै प्रहरी ए सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतियोगितामा आजको पहिलो खेल प्रहरी ए र असुरकोटबीच सम्पन्न हुनेछ । साेही खेलमा विजेता बन्ने टोली उपाधिका लागि अर्घाखाँची बुलेटिनसँग प्रतिस्पर्धा गर्नेछ ।काेभिड संक्रमणका कारण ज्यान गुमाएका वडाध्यक्ष ईश्वरिप्रसाद भुसालकाे स्मृतिमा आयाेजना गरिएकाे प्रतियाेगितामा प्रथम हुनेले नगद ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतिय हुनेले २० हजार प्राप्त गर्नेछन् ।वडा नं ८ काे आयाेजनामा जारी प्रतियोगिताको लुम्बिनी प्रदेशका पूर्वमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर