मेडिकल सञ्चालकमाथि गोली प्र हार, तीनजना नियन्त्रणमा — OSNepal

मेडिकल सञ्चालकमाथि गोली प्र हार, तीनजना नियन्त्रणमा

LC (KTM) June 06, 2021 0

सिरहा । सिरहामा मेडिकल सञ्चालकमाथि गोली प्रहार भएको छ । सिरहाको मिर्चैयामा शनिवार बेलुका औषधी व्यवसायी ३९ वर्षीय रामसागर साफीमाथि पसलमै ३र४ जनाको समूहमा आएका व्यक्तिहरुले गो ली प्र हार गरेका हुन् ।

मिर्चैया नगरपालिका ५ घर भई मूख्य चोकमा सिद्धि मेडिकल हलका सञ्चालन गरेका उनको दाँया खुट्टा र हातमा गो ली लागेको बताइएको छ । उनको उपचार मिर्चैयाकै मङ्गलम हेल्थकेयरमा भइरहेको छ ।

पसलमा हिसाव मिलान गरिरहेको बेलामा बत्ति गएको मौका छोपी अज्ञात समूहले गोली प्रहार गरेको बताइएको छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले घटनामा संलग्न रहेको अशं कामा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएर घ टनाको अनुस न्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर