रेलिगेसन जोनमा रहेको वाटफोर्ड संग म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो — OSNepal

रेलिगेसन जोनमा रहेको वाटफोर्ड संग म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो

LC (KTM) February 26, 2022 0

इङलिश प्रिमियर लिग अन्तर्गत शनिबार राती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड लाई ठुलै धक्का लागेको छ । म्यानचेस्टर युनाइटेड वाटफोर्डसँग बराबरीमा रोकिएको छ ।शनिबार राति सम्पन्न खेलमा घरेलु मैदानमा म्यानचेस्टर युनाइटेड रेलिगेसन जोनमा रहेको वाटफोर्डसँग गोलरहित बराबरीमा रोकिएको हो ।

प्रिमियर लिगमा पछिल्ला ६ खेलमा युनाइटेडको यो तेस्रो बराबरी हो ।अहिलेसम्म प्रिमियर लिगमा २७ खेल खेलेको युनाइटेड १३ जित र ६ हारसहित ८ खेलमा बराबरी खेलेको छ । युनाइटेड हाल लिगमा ४७ अंकसहित लिगको चौथो स्थानमा रहेको छ । त्यस्तै वाटफोर्डको भने २६ खेलमा १९ अंक रहेको छ र लिगको १९औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर