-श्याम गैरे
विगत पचपन्न घण्टा देखी म निदाउन सकेको छैन किनकी भोली मेरो परिक्षा छ त्यसमा पनि केमिष्ट्रिको । खाली मेरो दिमागमा पहिले घुमेका ठाँउहरु , वर्थडे सेलिव्रेसन, पार्टीहरु, विधार्थी राजनीति गर्दा ताकका रमाईलो अनि सवैभन्दा त + २ देखि पढाएका सरहरु त्यसमध्ये मा पनि विष्णु सरको यादले अडडा जमाइरहेछ।
चिटिक्क मिलेको शरिर, मुस्कान सँगैको मिलेको पहिरन, सामाजीक चेत , मिठो बोली, मित्रवत व्यवहार संगै कक्षा कोठा भित्र वा वाहिर दिने मोटिभेसनल स्पिचले गर्दा जो कोहि पनि उहाँको फ्यान नहुने त कुरै थिएन ।
प्रायः मेरा मित्रहरूले उहाँलाई ” सेलिब्रेटि सर ” को उपनामले पनि चिन्थे। रसायन शास्त्रमा स्नातकोत्तर गर्नुभएको उहाँले अधिकांश शास्त्रहरू पनि अध्ययन गर्नुभएको थियो । कोही भेट्यो कि प्रसंग मिलाई मिलाई श्लोका सुनाएर सबैलाई रल्ल पार्नुहुन्थो ।
वैज्ञानीकका अनुसार यदि कुनै केटी वा केटा लाई ८.२ सेकेण्ड सम्म लगातार एक अर्कालाई हेर्नुलाई प्रेममा पर्नु भनिन्छ । सायद म पनि यो समयमा पुस्तकहरुको प्रेमको सट्टा विष्णु सरको प्रेममा परेछु क्यारे अनर्थ नलागोस् कि म परेको चाहि उहाको विचार एवम् व्यवहारको प्रेम हो है। मेरो विचारमा सायद अधिकांश मान्छेले आफूलाई दवाव एवम् तनाव मुक्त पार्न आफूलाई मनपर्ने कुराको स्मरण गर्छ होला कि उ गुज्रिरहेको उक्त अवस्थावाट चाडै मुक्ति पाइयोस भनेर । त्यसैले पनि हामी दुःख को वेला ईश्वरको ध्यान गर्छौ होला । यतिखेर मलाई विष्णु सरको स्मरण भईरहेछ ।
एकपटक म प्राक्टिकल को दिन ज्वरोले थिलोथिलो परेथे, र बल्लतल्ल ल्याबमा पुगेपछी सरले सोध्नु भएथ्यो, के भो तिमीलाई भनेर? मेरो निधारमा हात लगाउदै हैट ज्वरो पो आएछ । हाजिर गर यहाँ अनि जाऊ रुममा गएर सुत पछी म भाईवामा बोलाउछु भनेर सहानुभुती दिदा लागेथ्यो उहाँ मेरो गुरु मात्र होइन साक्षात बुवाको अवतार पनि हो ।
परिक्षा पनि सकियो अनि मलाई रिलिफ फिल भयो अनि यसो विचार गरे ह्वाट नेक्स्ट? मेरो दिमागमा तिनै विष्णु सरको यादले जन्माएका विचारलाई लिपिवद्ध गरु कि आउदा दिनहरूमा हाम्रो समाजमा रहेका अधिकांश विष्णु सरहरू को कथा स्वर्ण अक्षरमा लेखियोस ।
वि . सं .२०६२/६३ को जनान्दोलन को शुरुवाति ताका उनले आफ्नो जिन्दगिको मानसिक रुपको आन्दोलन सकेका रहेछन् अथात् उहाँको डिग्री सकिएको रहेछ l विदेश जाने पनि सेचेका थिए रे तर त्यतिखेरको परिस्थिति र मनस्थिति मिलेन कि खै के भो भाई भनेर एकदिन त मलाई ग्राफ नै वनाएर देखाएका थिए l ” मलाई राज्यले यत्रो लगानी गर्यो भने मैले राज्यलाई किन नगर्ने” भन्ने सेचले मलाई त्यतिखेर तत्काल विदेश जाने प्रयास बाट रोक्यो । त्यसपछी शुरुवात गरे वागलुङ्ग को विद्यामन्दिर उच्च मा.वि मा +२ पढाउन। त्यतिवेला त्यो धवलागिरीमा साइन्स पढाउने पहिलो कलेज थियो विद्यामन्दिर भाई भन्दै वेलिविस्तार लगाउदै गए । मलाई अल्लि वायोग्राफी सुन्न झ्याउ लाग्छ के सर भन्दा उनले जोशिदै ” हैट भईहाल्छ नि भाई” भन्दै मैले वुटवल क्याम्पस पढ्दा एउटी नेवार्नीले धन्न फसाइन नि भाई भन्दै ल हेर म यस्तो झिल्के थिए भन्दै एल्वम पल्टाए अनि आफ्ना कुराहरू सल्टाए l कुरा गर्दा गर्दै के हुन्छ अब, काम बन्छ नि भन्दै आखाँ सन्काएर हा ..हा .. गर्दै जोडले हाँसे भने बहुत खुसी हुन्थे सवै ।
पछि धवलागीरी क्याम्पसमा बि.एस्सी सुरु भएपछी त्यतै पढाउन थालेछन् । केहि समय अध्यापन गराए पछी उनले अहिले सवै छोडेर लण्डन तिर वसाई सरेछन्। म केहि समय अगाडी क्याम्पस पुग्दा त विष्णु सरले पनि छोडेर जानुभो भनेर धेरैले यसलाई वहसको विषय वनाएका रहेछन् । म त एक्कासी सक पो भए । मेरा मित्र कुमारले भने क्या गजब हुनुहुन्थो विष्णु सर जानु भएछ एक्कासी, कलेज पढ्दा उहाको मैले क्यारीकेचर पनि गरेको थिए यार समयले कसलाई कता पुर्याउदो रहेछ थाहा नहुदो रच भन्दै गुनासो पोखे ।
त्यतिकैमा वि.एस्सी पढ्ने भाई नविन पनि हामीमाझ टुप्लुक्क आइपुगे । अनि मैले सोधे के भो विष्णु सर त जानु भएछ नि लण्डन तिर के हो कुरो ? भन्दै सोधे जवाफमा मलाई उनले सरको विदाई का क्षणका अनौठा अनुभूतिहरु सुनाए । ” विदाई कार्यक्रम चल्दै थियो उहाँको प्रशंसा एवम् योगदानको कदर गर्दा गर्दै सवै विधार्थी निराश एवम् उहाँका सहपाठीहरुको मन जलिरहेको थियो यो मानेमा कि उहाँसंग संगै काम गर्न नपाएको भन्दै । त्यसैको विचमा विष्णु सरका हितैसी प्राध्यापक मनोज सर त झन आँखावाट ह्वार ह्वार आँशु बगाउदै भनेछन् ” आज म टुहुरो भए” त्यसपपछि सवै जनाको रुवावासीले कार्यकम नै विथोलियो ।
श्याम प्रभुजी, कहिलेकाही असल शिक्षकले ठाउँ छोड्दा को पिडा समाज एवम् राष्ट्रलाई नै अतुलनीय हुदो रहेछ । यहाँ हजुरलाई सजीव ले मात्र त के भनौ निर्जीव ले पनि सम्झिन्छ भन्दै हुनुहुन्थ्यो विकट गाउँका एक अभिभावक प्रेम जी पनि ।
रसायन शास्त्रका प्राध्यापक नरेन्द्र सर जो वकिल पनि हुनुहुन्छ संगै उहालाई कानुनको प्रतिमूर्ति मान्दा पनि फरक पर्दैन। फ्याक्ट र लजिक बाहेक केहि नबेल्ने उहाँलाई बोलीको बेन्चमार्क मान्दा पनि फरक नपर्ला। एक दिन उहाँ र म चिया खादै थियौ सरले विष्णु सर संग टेलिफोन संम्वाद गर्ने भन्दै कल गर्नुभयो । सबै कुरा भईसके पछी उहाँले विष्णु सर लाई सोध्नु भो, सर हजुर जान लाग्नु भएको हो र ? जवाफमा उहाँले हो सर भन्नु भो फेरी नरेन्द्र सरले दुःख लाग्यो सर भनी रहदा विष्णु सरले भन्नुभो यस्तै त हो सर जीवन जुट्ने छुट्ने, के खाचो छ र मास्टरको यहाँ । भन्दा नरेन्द्र सर टक्क रोकिए अनि भने ” मास्टर त आउला तर हजुर जस्तो त खोई ? ”
सन्नाटा छायो वरिपरि अनि अवाक भई फोन काटियो र यसले मेरो मन देखी मष्तिस्क सम्म बाटो बनायो । यसअघि मैले कहिल्यै नरेन्द्र सरको मुखवाट यस्तो सुनेको थिइन । “हूरी पनि लाग्यो र विष्णु सर संगको दुरी पनि बढ्यो । ”
अनि सम्झिए, उहाँले बोलेको वाक्य “भाई म म्याडमको सरुवाको प्रक्रियाको कारणले स्खलित भए” त्यतीवेला उहाँको चन्द्रवदन जस्तो मुहारमा डढेलो लागेको थियो । भाई, सरुवा गराउन भन्दै एक वर्षयता मैले विभिन्न संघ संगठनका मान्छे यति भेटे भनेर मात्रै करिब १५ मिनेट सुनाए । म छक्क परे अनि सरले भने उनीहरुको चेतना, वैद्धिक स्तर र शैली देखेर म स्खलित भए । श्याम सुन न ” जुन देशमा कठलाको मयल फाल्न नसक्ने व्यक्तिले देश सफा गर्छु भनेर धाक लगाउछ यस्तो ठाउँको समाज को कसरी विकाशित हुन्छ?” तिमी आफै भन भन्दै प्रश्न चिन्ह मेरा सामु खडा गरिदिए जुन प्रश्नले मलाई आजसम्म पनि लगारि रहेछ त केवल पुर्णविराम खोज्नलाई ।
यती लेख्दा लेख्दै मेरो मन काठमाण्डैका कोठामा जी . आर . ई का भोक्याबका किताब भित्र चलमलाई रहेछ त शब्दहरूको सञ्जालमा संगै । किताब खोलेको के थिए एउटा प्रख्यात अङ्गेजी शब्द मेरा सामु देखा पर्यो त्यो हो इन्टेलिजेन्ट अथात् नेपालीमा बुद्धिमान । यसको शाब्दिक अर्थ हुदो रहेछ प्रफेक्ट मेमोरी एण्ड प्रवलम सल्मिङ्ग क्यापासिटी अथात् जो संग पूर्ण स्मरण शक्ति र समस्या हल गर्नसक्ने क्षमता हुन्छ त्यस्तो व्यक्तिलाई इन्टेलिजेन्ट भनिदो रहेछ । आङ नै सिरिङ्ग भो यो शब्दको गहिराई थाहा पाएर मेरो । विष्णु सर इन्टेलिजेन्ट पो रहेछन् यो थाहा पाएर म पुनः झसङ्गा भए ।
सपनामा एकदिन व्रजका ठूला रसिक बाबालले मलाई यस्तो प्रवचन दिए यसरी;पुरातन वैद्धिक सभ्यता देखि लिए नेपाली समाजसम्म शिक्षक ले अग्रणी भुमिका निर्वाह गरेको देखिन्छ । नेपाली समाजमा शिक्षकको राजनैतिक सहभागीताले यस पेशा प्रति मान मर्यादा घटेको त छ नै तैपनि जुन शिक्षक आफ्नो पेशाप्रति वफादार भईरहेका छन् जसलाई राजनितिमा खासै चासो छैन तिनीहरु नै आज चेपुवामा परि रहेछन् । अनि बढ्दो माग छ यो सेमीनारको संसार भर ” ह्वाई व्याड थिङ्स ह्यापन्ड टू गुड पिपल” अथात् राम्रो गर्नेलाई नराम्रो र नराम्रो गर्नेलाई रामो किन हुन्छ ?
म सपना र विपनाको खाडल अध्ययन गर्दा गर्दै विष्णु सरको फोन आयो । शुरुवात हाँसोबाट नै भो, सवै कुराकानी भईसके पछि मैले सरलाई सोधे विष्णु सर, अब हजुर कहिल्यै वागलुङ्ग फर्किनु हुन्न है ? जवाफमा सरले भाई, “म त्यस समाजका द्विगज भनाउदाहरुको दृष्टिकोण र जनमानसको बुझाईको खाडलमा परेर म धन्न बल्ल तल्ल गरेर फुत्किएको छु म कहाँ फर्किन्छु ?” यो जन्ममा सम्भव छैन होला सायद । उहाँको उत्तरले मैले खोजेको सपना र विपनाको खाडल थाहा पाए त्यो समाजको मुड( भावना) एवम् सामाजीक चेतना रहेको कुरा थाहा पाए । लाग्यो कि सपनामा प्रश्न सोध्ने र विपनामा उत्तर दिने महन्त यिनै बिष्णु सर पो रहेछन् ।
”भन्न त विष्णु सर गफाडी छन् यार गफैमा सबै थोक भुलाई दिन्छन् भन्थे तर अहिले थाहा भो कि उनका दार्शनिक विचारका कस्तुरीहरु बुझ्न पक्कै पनि नेपाली समाजलाई समय लाग्ने छ ।”
फर्किनुहोस न सर पिलिज ” समाजको अवधारणाको घुम्टो हाल्न संगै भावना र विचारका दुरीहरु घटाउन” । हजुरलाई थाहा छ मेरा आधाबाटे विचारहरूले पुनरजन्म लिइसके, अब फर्किनुहोस न किनकी हामीहरूलाई जीवनको गोलचक्कर वाट वाहिर निस्कन धेरै कुरा जान्नु छ, हजुरको विचार मान्नु छ ।
मान्छेको जीवनका सिमा रेखाहरू ले हरेकलाई वाध्दो रहेछ । जनान्दोलन देखी नै अज्ञानताको वङ्कर मा आक्रमण गर्दा गर्दै हेर न तिमीलाई आज समयको वङ्करमा लुकेर शक्तिले फायरीङ्ग गरिरहेको ।
तिमीले वम विज्ञान त पढ्यै तर विधार्थीमा कहिल्यै परिक्षण गरेनौ त्यसैले आज तिमो विद्वताको कस्तुरी जताततै फैलिरहेछ । यो समाजमा त नफर्किनु होला हजुर तर कथम कदाचित अर्को जन्म लिने अवसरमा मल्टिपल च्वाईस कोइस्चन आएछ भने म १.नेपाली समाज,२. नेपालको राजनिती,३. नेपाली भुभाग,४. माथीका सबै, अप्सन राख्न पहल गर्नेछु । के तपाई अप्सन नं ४ क्लिक गर्ने तयार हुनुहुनेछ ? म मिर्मिरेको उज्यालोमा पुष्प गुच्छा सहित प्रतिक्षारत रहनेछु, यसो साईडमा हेरेर केवल आँखा मात्र सन्कानु म हजुरको भाषा बुझ्नेछु ।
विष्णु सरको तर्फवाट सम्पूर्ण इन्टेलिजेट शिक्षकहरुमा नमन ।
अनुसन्धान सहायक, डा. कोईराला रिसर्च इन्सटिटयूट फर वायोटेक्नोलोजी एण्ड वायोडाईभसिटी