एक दिन मात्रै खराब खेल्यौ , यो नेपालका लागि दुर्भाग्य थियो - कप्तान सन्दीप लामिछाने — OSNepal

एक दिन मात्रै खराब खेल्यौ , यो नेपालका लागि दुर्भाग्य थियो – कप्तान सन्दीप लामिछाने

LC (KTM) February 26, 2022 0

नेपाली राष्ट्रिय क्रिकेट टोली हिजो साँझ स्वदेश फर्किएको छ । स्वदेश फर्किए लगत्तै टोलीका कप्तान सन्दीप लामिछानेले आईसीसी पुरुष टी ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा युएई विरुद्धको खेल नेपालका लागि खराब दिन भएको बताएका छन् । संचारकर्मीसँग कुरा गर्दै कप्तान सन्दीपले युएईविरुद्धको खराब दिनकै कारण नेपाल विश्वकपमा छनोट हुन असफल भएको बताएका हुन् ।

छनोटमा नेपालले उत्कृष्ट प्रदर्शन गरेपनि युएईविरुद्ध चुकेको उनले बताए । हामीले राम्रो खेलेका हौँ । एक दिन खराब दिन रह्यो । त्यहिँ हामीलाई महँगो पर्यो, कप्तान सन्दीपले भने, तर, हामी यसबाट अघि बढ्नु पर्छ । आउने दिनको बारेमा सोच्नु पर्नेछ । सबैले आफ्नो ठाउबाट सक्ने कोशिश गरे । तर, सबै खेल जित्यौं, जुन जित्नु पर्ने थियो, त्यो भएन । कप्तान सन्दीपले छनोटमा खेलाडीले गरेको प्रदर्शनले भविष्यमा राम्रो हुने संकेत दिएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर