नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता — OSNepal

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

LC (KTM) February 25, 2022 0

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । ओमानमा आयोजना भएको आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको हो । नेपाली टोली शुक्रबार साँझ स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई क्यानका पदाधिकारीले स्वागत गरेका थिए । छनोटमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो ।

बिहीबार तेस्रो स्थानको लागि भएको प्ले अफमा ओमानलाई ९ विकेटले हराउँदै नेपालले तेस्रो स्थान हासिल गरेको हो । तर, सेमिफाइनलमा पराजित भएपछि नेपालको अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप खेल्ने सपना सकिएको थियो । सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । छनोटको उपाधि युएईले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर