चौतर्फी आलोचना र विरोध पछि उपप्रधानमन्त्री महतोले भने राष्ट्रिय अखण्डताप्रति प्रतिवद्ध छु, अन्यथा भ्रम नपरोस् — OSNepal

चौतर्फी आलोचना र विरोध पछि उपप्रधानमन्त्री महतोले भने राष्ट्रिय अखण्डताप्रति प्रतिवद्ध छु, अन्यथा भ्रम नपरोस्

LC (KTM) June 06, 2021 0

काठमाडौँ- उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको बताएका छन् ।मन्त्री भएलगत्तै कार्यभार सम्हाल्दै शुक्रबार र शनिबार पनि एक कार्यक्रममा बहुल राज्यको कुरा उठाएपछि उनको चौतर्फी बिरोध भएको थियो ।

बिरोध भएपछि आज एब विज्ञप्ति निकाल्दै उनले आफु राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको प्रस्टाएका हुन् । बहुल राज्यको कुरा उठाएका महतोले आफ्नो भनाइलाई बंग्याइएर गलत अर्थ लगाइएको गुनासो समेत गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिवद्ध रहेको छु ।

यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने म प्रष्ट पार्न चाहन्छु,।’महतोले संविधानमा आफूहरूका असन्तुष्टि रहेकोले संशोधनका लागि कार्यदलमा आफ्ना धारणा राख्ने पनि प्रष्ट पारेका छन् । महतोको भनाइपछि यसको चौतर्फी आलोचना र विरोध भएको थियो । एमालेको नेपाल(खनाल समूहले उनको भनाइबारे प्रधानमन्त्रीले जवाफ दिनु पर्ने माग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर