गठबनन्धन टुट्नु हुँदैन, टुट्यो भने विचराहरु धुलो पिठो हुन्छन् : अध्यक्ष ओली — OSNepal

गठबनन्धन टुट्नु हुँदैन, टुट्यो भने विचराहरु धुलो पिठो हुन्छन् : अध्यक्ष ओली

LC (KTM) February 25, 2022 0

काठमाडौं १३ फागुन । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली गठवन्धन टुटे नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाल र (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) धुलो पिठो हुने बताएका छन् ।

पोखरामा आयोजित एक कार्यक्रममा सहभागी भएका अध्यक्ष ओलीले प्रचण्ड नेपालमाथि सहानुभूति प्रकट गरेका हुन् ।

माओवादीको आज बसेको बैठकले गठवन्धन नतोडि एमसीसीको विषयमा छलफल गर्ने भनेपछि प्रचण्ड मािथ खनिएका ओलीले भने , ‘अहिले भर्खर समाचार आयो, गठबन्धन पनि नटुट्ने र एमसीसी पनि पास हुने,’गठबनन्धन टुट्नु हुँदैन । टुट्यो भने विचराहरु धुलोपिठो हुन्छन् ।’

ओलीले यही वैशाख ३० गते हुने भनिएको स्थानीय निर्वाचनमा गठवन्धन दललाई सात दिन उठ्नै नसक्ने गरी पछार्ने दावा समेत गरेका छन् । ‘गठबन्धन पछार्छौं, यिनीहरुलेजस्तो सडकमा ढुंगा हानेर होइन, जनताको पवित्र मत पाएर ‘उनले भने ।
चुनावमा लड्न पाँचै दल एकै पटक आउ भनेका उनले गएको तिन वर्षमा सरकार चलाउन पाउँदा सरकार कस्तो हुन्छ भनेर देखाएको समेत दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर