पोखरा १३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले एमसीसीका नाममा सडकमा तमासा देखाएको भन्दै प्रश्न गरेका छन् ।
शुक्रबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले ‘तमासाको पनि हद हुन्छ नि । सरकारमा पनि उनै छन्, प्रहरी देख्नै हुँदैन । ढुंगा हान्न लगाउँछन् । एमसीसी पास गर्ने भनेर अमेरिकालाई निवेदन पनि लेख्ने अनी ढुंगा पनि हान्ने ? भन्दै प्रश्न गरेका हुन् ।
संसदमा एमसीसी टेबल गर्ने अनि सडकमा तमासा देखाउँदै एमसीसीको विपक्षमा मतदान गर्ने भन्दै हिड्ने यो के तमासा हो ।
यो पनि …
एमालेले सिध्याउँछ भन्ने चिन्ताले पनि पाँच दलीय गठबन्धनमा अहिले चुनाव गर्ने आँट छैन : अध्यक्ष ओली
पोखरा १३ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा रहेको नेकपा माओवादीले एमसीसीको नाम तमासाको पनि हद पारेको गरेको बताएका छन् ।
सरकारमा पनि बस्ने सडकमा पनि ढुंगा हान्ने अनि अमेरिकालाई एमसीसी पास गर्ने भनेर पत्र पनि लेख्ने माओवादी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै ओलीले भने ।
पोखरामा आयोजित कार्यकर्ता परीक्षणमा कार्यक्रममा सहभागी हुन पोखरा पुगेका उनले यस्तो बताएका हुन् ।
‘एमसीसीका बारेमा फरकफरक कुरा आइरहेका छन् । टेबल गरेका छन् सभामुखले । बाहिर ढुंगामुडा छ । साना मसिना कुरामा अल्झिएका छन् । हामी देश बनाउने कुरामा समर्पित छौं ।’ उनले भने ।
एमालेले सिध्याउँछ भनेर पाँच दलीय गठबन्धन अहिले चुनाव गर्ने पक्षमा नभएको बताएका उनले प्रचण्डलाई लक्षित गर्दै भने, ‘प्रचण्डले समाजवाद, जनवाद आउँछ भनेर सपना देखाए । हिजो माओवादीले बर्बाद बनाएका बहिर्गमित लडाकुकको बारेमा हामीले सोच्नुपर्छ । ‘