काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलरको एकको खरिददर ११६ रूपैयाँ ५० पैसा रहेको छ भने बिक्रीदर ११७ रुपैयाँ १० पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४४ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ १७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९० पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?