त्रि-दिवशीय टि ट्वान्टी क्रिकेट प्रतियोगितामा घरेलु टोली भारतले श्रीलंकालाई पराजित गरेको छ । लखनउमा बिहीबार राति भएको खेलमा भारतले श्रीलंकालाई ६२ रनले पराजित गरेको हो । भारतले दिएको २ सय रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।
श्रीलंकाका चारिथ असलन्काले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । दुश्मन्था चामिरा २४ रनमा अविजित रहे । यस्तै चामिका करुनारत्नेले २१ रन जोड्दा कामील मिशराले १३ रन बनाए । दिनेश चण्डीमाल १० रनमा आउट भए। भारतका भुवनेश्वर कुमार र भेन्कातेस आयरले समान दूई दुई विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर १ सय ९९ रन जोडेको थियो । भारतका इशान किशनले ८९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै श्रेयस एयरले अविजित रहदै ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान रोहित शर्माले ४४ रन बनाए । जितसँगै भारतले तीन खेलको सिरिजमा एक शुन्यको अग्रता बनाएको छ ।