उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको जवाफ प्रधानमन्त्री ओलीसँग मागियो — OSNepal

उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको जवाफ प्रधानमन्त्री ओलीसँग मागियो

LC (KTM) June 06, 2021 0

काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसहित १५ नेताले उपप्रधानमन्त्री राजेन्द्र महतोको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार उपप्रधानमन्त्रीमा नियुक्त गरेलगतै महतो विगतमा टुंगो लागिसकेको विषयलाई पुनः उठाएर राष्ट्रिय एकता र अखण्डताको विपक्षमा उभिएको ती नेताहरूको भनाइ छ।याे खबर नागरिक दैनिकमा छ ।

नेता खनाल, अर्का वष्ठि नेता माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्यम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल, अमृत बोहोरा र प्रमेश हमालले शनिबार संयुक्त विज्ञप्ति जारी गरी महतोको धारणाप्रति निन्दा व्यक्त गरेका हुन्। संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्‍याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरेर राष्ट्रिय हित र अखण्डताविरोधी अभिव्यक्ति दिनु निन्दनीय छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर