ओली र देउवाबिचको छलफल सकियो : एमसीसी पास गर्न देउवा गठवन्धन तोड्न तयार — OSNepal

ओली र देउवाबिचको छलफल सकियो : एमसीसी पास गर्न देउवा गठवन्धन तोड्न तयार

LC (KTM) February 24, 2022 0

काठमाडौं १२ फागुन । सत्तारुढ दल नेपाली कांग्रेस र प्रतिपक्षी दल नेकपा एमालेको शिर्षनेताहरुको छलफल सकिएको छ ।

आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई दलबिचको बैठक सकारात्मक भएको बताइएको छ । छलफलमा एमालेले जारी राखेको संसद हटाउने विषय र एमसीसीको विषयमा छलफल भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

एमालेसँगको दुई चरणको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्न गठवन्धन तोड्न तयार समेत रहेका छन् । भेटमा ओलीले आफ्नो दलले संसद अवरोध गर्नुको कारण समाधान गर्न पनि भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर