तीन वर्षमा ५९ जना मन्त्री, १६ औं पटक मन्त्रीमण्डल हेरफेर गरे प्रधानमन्त्री ओलीले — OSNepal

तीन वर्षमा ५९ जना मन्त्री, १६ औं पटक मन्त्रीमण्डल हेरफेर गरे प्रधानमन्त्री ओलीले

LC (KTM) June 06, 2021 0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्ष चार महिनाका अवधिमा १६ औं पटक मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ भने ५९ जनालाई मन्त्री बनाउनुभएको छ । प्रधानमन्त्री ओली आफैं भने दुईपटक प्रधानमन्त्री बन्नुभएको छ ।यो खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति सार्वजनिक गरेको विरुद्धमा सर्वोच्च अदालतमा दायर रिटमा सुनुवाइ हुनुअघि नै जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर समूहलाई समावेश गरी उहाँले १६ औं पटक मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो । प्रधानमन्त्री ओलीले आफ्ना पार्टीका अधिकांशलाई हटाएर जसपालाई समावेश गरी १६ सदस्यीय मन्त्रीमण्डल पुनर्गठन गर्नुभएको छ । वि।सं। २०७४ को फागुन ३ मा नेकपाको झण्डै दुई तिहाइ बहुमतसहित ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर