उडान बन्द छ, संयमता अपनाइ घरमै बस्न युक्रेनमा रहेका नेपालीलाई राजदूतावासको सुझाव — OSNepal

उडान बन्द छ, संयमता अपनाइ घरमै बस्न युक्रेनमा रहेका नेपालीलाई राजदूतावासको सुझाव

LC (KTM) February 24, 2022 0

काठमाडौं १२ फागुन । जर्मनीको बर्लिनमा रहेको नेपाली राजदूतावासले युक्रेनमा रहेका नेपालीहरुलाई हवाइ क्षेत्र नागरिक उडानका लागि बन्द रहेकाले संयमता अपनाइ हाल बसोबास गरिरहेको घरभित्रै सुरक्षित बस्न आग्रह गरेको छ ।

आज विहानबाट युक्रेनमा रुसले सैन्य कारबाही गरेसँगै दर्जनौंको नागरिकको मृत्यु भएको छ भने कयौं वेपत्ता समेत भएका छन् ।

हवाइमार्गबाट तत्काल युक्रेन छाड्न सम्भव नभएकाले आफु बसेको स्थानमा सुरक्षित भई बस्न सरकारले आग्र गरेको छ ।

आफ्ना साथीभाई नियोगसँ नियमित सम्पर्क गर्न समेत आग्रह गरेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर