एमालेका सबै मागप्रति छलफल गर्न प्रधानमन्त्री देउवा तयार — OSNepal

एमालेका सबै मागप्रति छलफल गर्न प्रधानमन्त्री देउवा तयार

LC (KTM) February 24, 2022 0

काठमाडौं १२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना एमसीसी पारित गर्न नेकपा एमालेको सबै माग पुरा गर्न सकारात्मक देखिएका छन् ।

एमसीसीको विषयमा गठवन्धन दलमा सहमति नुहँदा देउवाले एमालेको माग प्रति सकारात्मक देखिएका हुन् ।

आज भएको छलफलमा पनि संसद अवरोध देखि माधव नेपाल लगायत १४ जना सांसदहरुलाई एमालेले गरेको कारवाहीको विषयमा समेत देउवा सकारात्मक देखिएको बुझिएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीसंगको छलफलमा देउवाले एमसीसी पारित गर्न संसदमा आएर मतदान गर्न सजिलो बनाउनको लागी सबै मागमा छलफल गर्न तयार भएको बताइएको छ ।

यस विषयमा पार्टीमा छलफल गरेर पुन छलफल गर्ने ओलीले बताएका छन् ।
अहिले साँझ सात फेरि ओली र देउवा बिच छलफल हुने भएको छ ।

एमसीसी पारित गर्न गठवन्धनले साथ नदिएपछि देउवा माधव नेपाल लगायत १४ जना सांसदलाई एमालेले गरेको कारवाहीको विषयमा समेत छलफल गर्न तयार भएएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर