गठवन्धन समाप्त हुने महामन्त्री थापाको संकेत — OSNepal

गठवन्धन समाप्त हुने महामन्त्री थापाको संकेत

LC (KTM) February 24, 2022 0

काठमाडौं १२ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठवन्धन समाप्त हुने संकेत गरेका छन् । संसद भवन बाहिर सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै थापाले गठवन्धन भत्किने संकेत गरेका हुन् ।

एमसीसीको विषयमा गठवन्धनबाट पार नलाग्ने बताएका उनले अब संसदलाई निकास दिएर अगाडी बढ्ने संकेत गरेका छन् ।

एमालेको माग प्रति छलफल सुरु गरेको बताएका उनले सदनको अवरोध खोल्ने कुरामा छलफल गरेर अघि बढौँ समेत आजको छलफलमा सहमति भएको बताएका छन् ।

यो विषयबाहेक बाँकी रहेको अन्य विषयमा एक ठाउँमा उभिन्छौँ भन्ने अवस्था गठवन्धन नभएकाले अब यो गठबन्धन अघि जाने विषयमा समस्या आएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर