प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली बिच एमसीसीको विषयमा फेरि साँझ ७ बजे भेटवार्ता हुने — OSNepal

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली बिच एमसीसीको विषयमा फेरि साँझ ७ बजे भेटवार्ता हुने

LC (KTM) February 24, 2022 0

काठमाडौं १२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफल फेरि साँझ सात बजे बस्ने गरी सकिएको छ ।

संसद भवन नयाँ बानेश्वरमा भएको छलफलपछि दलको शिर्ष नेताहरु बाहिरिएका हुन् । छलफलमा सहभागी भएका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न ओलीलाई आग्रह गरेको जानकारी दिएका छन् ।

छलफलमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर