सभामुख सापकोटा र गृहमन्त्री बालकृष्ण खाँडबिच भेटवार्ता — OSNepal

सभामुख सापकोटा र गृहमन्त्री बालकृष्ण खाँडबिच भेटवार्ता

LC (KTM) February 24, 2022 0

काठमाडौं १२ फागुन । सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल सुरु भएको छ । एमसीसीको कारण नेपाली राजनीतिमा यति बेला तरंग नै पैदा भएको छ ।

दुई नेताबिच भएको छलफल अवरुद्ध संसद् कसरी निर्विवाद सञ्चालन गर्ने र संसदमा टेबल भएको एमसीसी कसरी सर्वसम्मतले पास गर्ने विषयमा केन्द्रित हुने बताइएको छ ।

यो पनि …

एमसीसी संसद बैठक स्थगित पछि सत्तारुढ नेपाली कांग्रेस्र जुट्यो प्रतिपक्षी दल नेकपा एमालेसँगको छलफलमा

काठमाडौं १२ फागुन । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबिच छलफल सुरु भएको छ । आज बस्ने संसद बैठक स्थगित भएपछि कांग्रेस र एमालेबिच छलफल सुरु भएको हो ।

छलफल संसद भवन, नयाँ बानेश्वरस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकक्षमा भएको छ । उक्त छलफलमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतको उपस्थिति रहेको छ ।

संसद बैठक अगाडी माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका देउवाले त्यस लगत्तै संसद बैठक स्थगित गर्न भनेका थिए । जसको पश्चात देउवा एमालेसँग छलफलमा जुटेका छन् ।

एमसीसीको विरोध देशरभ प्रर्दशन अनि आफ्नै सरकारमा सहभागी भएका दलहरुले समर्थन नगरेपछि चिडिएका देउवा एमालेलाई लिए र एमसीसी पास गर्न अर्को रणनीतिमा लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर