जतिसक्दो चाँडो गठवन्धन भत्किनुपर्छ : योगेश भट्टराई — OSNepal

जतिसक्दो चाँडो गठवन्धन भत्किनुपर्छ : योगेश भट्टराई

LC (KTM) February 24, 2022 0

काठमाडौं १२ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालका सचिव योगेश भट्टराईले वर्तमान गठवन्धन रहुँन्जेल मुलुक अनिर्णयको बन्दी भइरहने दावी गरेका छन् ।

संसद बैठक स्थगित भएपछि संसदहल बाहिर पत्रकारहरुसँग कुरा गर्दै नेता भट्टराईले जतिसक्दो चाँडो गठवन्धन भत्किनुपर्ने बताएका छन् ।

‘यो गठबन्धन भत्किनु अनिवार्य छ, गठबन्धन जहिलेसम्म रहन्छ, मुलुक अनिर्णयको बन्दी भइरहन्छ । त्यसैले यो छिटो भत्किनुपर्छ’ उनले भने ।

अहिले गुटको संकट ल्याएर पार्टीमा थुपार्ने र पार्टीको संकट ल्याएर गठबन्धनमा थुपार्ने, अनि गठबन्धनको संकटलाई राष्ट्रिय संकटको रुपमा खडा गरेर नेपाललाई भूराजनीतिक चलखेल अखडा बनाइएको नेता भट्टराईले आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर