एमसीसी : संसद बैठक स्थगित पछि सत्तारुढ नेपाली कांग्रेस्र जुट्यो प्रतिपक्षी दल नेकपा एमालेसँगको छलफलमा — OSNepal

एमसीसी : संसद बैठक स्थगित पछि सत्तारुढ नेपाली कांग्रेस्र जुट्यो प्रतिपक्षी दल नेकपा एमालेसँगको छलफलमा

LC (KTM) February 24, 2022 0

काठमाडौं १२ फागुन । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबिच छलफल सुरु भएको छ ।

आज बस्ने संसद बैठक स्थगित भएपछि कांग्रेस र एमालेबिच छलफल सुरु भएको हो । छलफल संसद भवन, नयाँ बानेश्वरस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकक्षमा भएको छ ।

उक्त छलफलमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतको उपस्थिति रहेको छ ।

संसद बैठक अगाडी माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका देउवाले त्यस लगत्तै संसद बैठक स्थगित गर्न भनेका थिए । जसको पश्चात देउवा एमालेसँग छलफलमा जुटेका छन् ।

एमसीसीको विरोध देशरभ प्रर्दशन अनि आफ्नै सरकारमा सहभागी भएका दलहरुले समर्थन नगरेपछि चिडिएका देउवा एमालेलाई लिए र एमसीसी पास गर्न अर्को रणनीतिमा लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर