युक्रेनमाथि रुसले गरेको सैन्य कारवाहीको नेपालले गर्यो विरोध — OSNepal

युक्रेनमाथि रुसले गरेको सैन्य कारवाहीको नेपालले गर्यो विरोध

LC (KTM) February 24, 2022 0

काठमाडौं १२ फागुन। नेपालले रुसले युक्रेनमाथि गरेको सैन्य कारबाहीको विरोध गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै कुनै पनि सार्वभौम मुलुकविरुद्ध हुने बल प्रयोगको कडा विरोध गर्ने बताएको छ ।

रुसको कदम विरुद्ध उभिएको नेपालले कूटनीति र संवादबाट विवादहरुको समाधानमा जोड दिने जनाएको छ ।

जारी विज्ञप्तीमा उल्लेख गरिएको छ , ‘नेपालले सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाएर तनाव कम गर्न अपिल गर्न चाहन्छ ।’।

‘संयुक्त राष्ट्रसंघको सदस्य भएको हुँदा राष्ट्रसंघको बडापत्रमा उल्लिखित सार्वभौमिकता र भौगोलिक अखण्डताको सिद्धान्त अक्षुण रहेको र यसको पूर्ण पालना हुनुपर्छ’ विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर