प्रधानमन्त्री देउवाबाट अध्यक्ष प्रचण्डले राखेको प्रस्ताव अस्विकार — OSNepal

प्रधानमन्त्री देउवाबाट अध्यक्ष प्रचण्डले राखेको प्रस्ताव अस्विकार

LC (KTM) February 24, 2022 0

काठमाडौं १२ फागुन । नेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीको विषयमा राखेका प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले अस्विकार गरेका छन् ।

आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका प्रचण्डले संसदमा एमसीसी टेबल भइहाल्यो अब अनुमोदन गर्न हतार नगारौं भनेका थिए ।

सरकारमा सहभागी अन्य दलहरुका शिर्ष नेताहरुसँगको छलफल पछि बालुवाटार पुगेका प्रचण्डले यथास्थितिमा एमसीसी पास गर्न सकिँदैन भनेका छन् ।

भेटमा प्रचण्डले देउवालाई तत्कालको लागि एमसीसी संसदीय प्रक्रिया तत्काल रोक्न आग्रह गरेका थिए । आज बस्ने संसद बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस एमसीसी को विषयमा छलफल गर्ने तयारीमा लागेको छ ।

आफ्ना सबै सांसदहरुलाई पनि अनिवार्य बैठकमा सहभागी हुन निर्देशन समेत दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर