काठमाडौं उपत्यकाका यी स्थानमा आज सवारी आवगमनमा रोक — OSNepal

काठमाडौं उपत्यकाका यी स्थानमा आज सवारी आवगमनमा रोक

LC (KTM) February 24, 2022 0

काठमाडौं १२ फागुन । आज बस्ने संसद बैठकमा एमसीसीको विषयमा छलफल हुने भएपछि काठमाडौं ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा विभिन्न स्थान सवारी आवत जावत बन्द गरेको छ ।

उपत्यकाको भद्रकाली, माइतिघर, बानेश्वर, तीनकुने हुँदै गुड्ने सवारी साधन डाइभर्ट गरिएको छ । नयाँ बानेश्वर स्थित संसद भवनमा एमासीसीको विषयमा छलफल हुने भएपछि सुरक्षामा थप कडाई पार्दै ट्राफिक प्रहरीले तिनुकने बानेश्वर भएर चल्ने सवारी साधनलाई पनि ड्राइभर्सन जनाएको छ ।

भद्रकाली–सिंहदरबार–माइतिघर हुदै बानेश्वरतर्फ जाने सवारी साधनलाई भद्रकालीबाटै ड्राइभर्सन गरी त्रिपुरेश्वर, थापाथली हुँदै पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

साथै पद्मोदय मोडबाट पनि हनुमानथान हुँदै थापागाउँ जाने ठूला तथा तिनपाङग्रे सवारी साधनलाई पद्मोदय मोडबाटै ड्राइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

यसभन्दा अगाडी बसेको संसद बैठकमा एससीसी टेबल हुँदा एमसीसीको विरोध उत्रिएका प्रदर्शनकारीहरुले सडकमा राखिएको ब्यारिकेड नै सारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर