संसदमा एमसीसी : नयाँबानेश्वरमा सडक नै खाली गरेर राखियो ब्यारिकेड, सुरक्षा कर्मीको बाक्लो तैनाथ — OSNepal

संसदमा एमसीसी : नयाँबानेश्वरमा सडक नै खाली गरेर राखियो ब्यारिकेड, सुरक्षा कर्मीको बाक्लो तैनाथ

LC (KTM) February 24, 2022 0

काठमाडौं १२ फागुन । अमेरिकी परियोजना एमसीसीको विषयमा आज बस्ने संसद बैठकमा छलफल हुने भएपछि नयाँबानेश्वर स्थित संसद भवन परिसरमा बाक्लो सुरक्षा कर्मी तैनाथ गरिएको छ ।

एमसीसीको विषयमा लगातार भइरहेको विरोधका कारण आज पनि संसद भवन परिसरमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो । यी फागुन ८ गते संसदमा ३२ महिनाको खिचातानी पछि एमसीसी संंसदमा टेबल भएको थियो ।

सुरक्षामा खटिएका प्रहरीले बानेश्वर क्षेत्रमा सडकनै खाली गरेर ब्यारिकेड राखेका छन् । साथै प्रदर्शनकारीलाई रोक्न पानीको फोहोरा हान्ने तीन वटा गाडी समेत तैनाथ गरिएको छ ।

विरोध प्रदर्शनमा सरकारमा सहभागी माओवादी र एकिकृत समाजवादी पार्टीका कार्यकर्ता समेत सहभागी हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर