ल्हासाबाट नेपाल भित्रीयो ६० थान अक्सिजन कन्सन्ट्रेटर — OSNepal

ल्हासाबाट नेपाल भित्रीयो ६० थान अक्सिजन कन्सन्ट्रेटर

LC (KTM) June 05, 2021 0

चिनबाट फेरि ६० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल आएको छ । ल्हासास्थित महावाणिज्यदूतावासले शनिबार ६० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएको हो । महावाणिज्य दूतावासको अनुरोधमा तिब्बत स्वायत्त प्रदेश गुडविल फाउण्डेशनले उक्त सहयोग उपलब्ध गराएको बताइएको छ ।

नेपाल सरकारलाई ५० थान र सछ्वान प्रान्तको लुसान सहरले लुम्बिनी विकास कोषका लागि १० थान कन्सन्ट्रेटर सहयोग स्वरूप उपलब्ध गराएको ल्हासास्थित महावाणिज्य दूतावासले जनाएको छ ।

शनिबार बिहान महावाणिज्यदूतावासमा एक हस्तान्तरण कार्यक्रमको आयोजना गरिए ति स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा महावाणिज्यदूत नवराज ढकालले सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गर्दै नेपालमा महामारी फैलिएदेखि चीन सरकार, तिब्बत स्वायत्त प्रदेश सरकारका साथै चिनियाँ सामाजिक संस्थाहरूले समेत महामारीविरूद्ध लड्न सहयोग गर्दैआएको बताए । उनले चीन र चिनियाँहरूले सहयोगका लागि देखाएको तत्परताले दुई देश र जनताबीचको कसिलो सम्बन्ध दर्शाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर