देउवालाई प्रचण्डको जवाफ: ‘एमसीसी संसद्‍मा टेबल भइहाल्यो, अब अनुमोदन गर्न हतार नगरौं।’ — OSNepal

देउवालाई प्रचण्डको जवाफ: ‘एमसीसी संसद्‍मा टेबल भइहाल्यो, अब अनुमोदन गर्न हतार नगरौं।’

LC (KTM) February 24, 2022 0

काठमाडौं १२ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने बताएका छन् ।

प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगेका प्रचण्डलाई एमसीसी पास गर्न समर्थन गरौं भन्दा जवाफ प्रचण्डले यथास्थितिमा एमसीसी पास गर्न नसकिने बताएका हुन् ।

यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने बताएका उनले देउवालाई भने , ‘एमसीसी संसद्‍मा टेबल भइहाल्यो। अब अनुमोदन गर्न हतार नगरौं।’

गठवन्धन भित्रका कांग्रेस एमसीसीको पक्षमा रहेको छ । भने माओवादी र नेकपा एकिकृत समाजवादी पार्टी यथास्थितिमा पास नगर्ने पक्षमा रहेको छ ।

जसपा दुई धारमा विभाजन भएको छ । यता प्रमुख प्रतिपक्ष दल एमालेले सत्ता गठबन्धनको स्पष्ट धारणा नआइ आफ्नो धारणा सार्वजनिक नगर्ने भन्दै एमसीसीको विषयमा तटस्थ बस्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर