एमसीसीको विषयमा छलफल गर्न प्रचण्ड पुगे बालुवाटार — OSNepal

एमसीसीको विषयमा छलफल गर्न प्रचण्ड पुगे बालुवाटार

LC (KTM) February 24, 2022 0

काठमाडौं १२ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । बिहान नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालमा सम्मानित नेता झलनाथ खनालसँगको छलफल पछि अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका प्रचण्डले एमसीसीको विषयमा छलफल गर्ने भएका छन् । आज दिउँसो बस्ने संसद बैठकमा एमसीसीको विषयमा छलफल हुने भएपछि गठवन्धनदल शिर्ष नेताहरुको छलफल बाक्लिएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेस एमसीसी जतिसक्दा चाँडौ पास गर्न लागि परेको छ । गठवन्धनका अन्य दलहरुले विपक्षमा मतदान गर्ने भन्दै आएका छन् । फागुन आठ गते पनि संसद बैठक अगावै प्रचण्ड बालुवाटार पुगेका थिए ।

जसको कारण उनी एमसीसी संसदमा टेबल गर्न राजी भएका थिए । कतै आज पनि बाहिर एउटा कुरा गर्ने प्रचण्डबाट एमसीसी समर्थन हुने त होइन भन्ने सबैको चासोको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर