कांग्रेसले एमसीसीमा समर्थन नगरे गठवन्धन टुट्ने भन्दै चेतावनी दिएपछि छलफलमा जुटे प्रचण्ड , नेपाल र खनाल — OSNepal

कांग्रेसले एमसीसीमा समर्थन नगरे गठवन्धन टुट्ने भन्दै चेतावनी दिएपछि छलफलमा जुटे प्रचण्ड , नेपाल र खनाल

LC (KTM) February 24, 2022 0

काठमाडौं १२ फागुन । आज बस्ने संसद बैठकमा एमसीसीको विषयमा छलफल गरिने भएपछि गठवन्धन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनाल छलफलमा जुटेका छन् ।

तिन नेता बिच नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल भएको हो । यस भन्दा अघिल्लो पटक बसेको संसद बैठकमा एमसीसी टेबल भएपछि अब एमसीसीको विपक्षमा मतदान गर्ने भन्दै आएका प्रचण्ड नेपाल यतिबेला दवावमा परेका छन् ।

एमसीसीमा समर्थन नगरे गठवन्धन टुट्ने चेतावनी दिँदै आएको कांग्रेसले आजको संसद बैंठकमा आफ्ना सांसदहरुलाई अनिवार्य संसद बैठकमा आउन समेत निर्देशन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर