कि सरकार रोज्नुस् कि सडक, दोहोरो चरित्र नदेखाउनुस् : नेपाली कांग्रेस — OSNepal

कि सरकार रोज्नुस् कि सडक, दोहोरो चरित्र नदेखाउनुस् : नेपाली कांग्रेस

LC (KTM) February 24, 2022 0

काठमाडौं १२ फागुन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजयबाबु सिवाकोटीले सरकारमा सहभागी भएका माओवादी र नेकपा एकिकृत समाजवादी पार्टीलाई सडक र सरकारमा एक रोज्न भनेका छन् ।

चिची पनि पापा पनि चाहियो भनेर दोहोरो चरित्र देखाउने माओवादी र नेकपा एसलाई सरकारमा पनि बस्ने अनि सडकमा पनि उपद्रो गर्न पाइन्छ भन्दै उनले भनेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै गठवन्धन जोगाउन संसदमा एमसीसी टेबल गर्न दिने अनि विपक्षमा मतदान गर्ने भन्ने विषययलाई लिएर उनले टिप्पणी गरेका हुन् ।

उनले गठबन्धनका सहयात्री कमरेडहरू भन्दै कि सरकार रोज्नुस् कि सडक। दोहोरो चरित्र नदेखाउनुस् भनेका छन् ।

उनले भनेका छन्, ‘फेरि भन्छु, चिची पनि पापा पनि चाहियो भने जसरी सरकारमा पनि बस्ने अनि सडकमा पनि उपद्रो गर्न पाइन्न। गठबन्धनका सहयात्री कमरेडहरू कि सरकार रोज्नुस् कि सडक। दोहोरो चरित्र नदेखाउनुस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर