प्रदेश १ मा कोरोनाका कारण १५ को निधन, आज एकैदिन १ हजार ३ सय ३३ संक्रमणमुक्त — OSNepal

प्रदेश १ मा कोरोनाका कारण १५ को निधन, आज एकैदिन १ हजार ३ सय ३३ संक्रमणमुक्त

LC (KTM) June 05, 2021 0

प्रदेश १ मा कोरोना संक्रमणका कारण आज १५ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेमा ७ महिला र ८ पुरुष रहेका छन् । हालसम्म प्रदेश १ मा ९ सय ५६ जनाको कोरोनाका कारण ज्यान गईसकेको छ ।

त्यस्तै प्रदेश १ मा १ हजार ३ सय ३३ जना संक्रमित निको भएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार ४ सय ८१ महिला र ६ सय ५२ जना पुरुष संक्रमणमुक्त भएका हुन्। यससँगै प्रदेशभर हालसम्म ४१ हजार ५ सय ३९ जना संक्रमित निको भएका छन्।

यस्तै शनिबार प्रदेशका विभिन्न स्थानमा गरिएको १ हजार ७ सय ४८ जनाको पिसिआर परीक्षणका क्रममा ५ सय ६२ जना संक्रमित थपिएका छन्।मन्त्रालयका अनुसार २ सय ६१ महिला ३ सय १ जना पुरुष गरी सो संख्यामा नयाँ संक्रमित थपिएका हुन्।

यस क्रममा मोरङमा २ सय ७२, झापामा १ सय ४१, सुनसरीमा ९५, तेह्रथुममा १९, उदयपुरमा १४, धनकुटामा ४, इलाम, संखुवासभा, भोजपुरमा समान २, पाँचथरमा १ र प्रदेश १ बाहिरबाट १० जनामा संक्रमण पुष्टि भएको छ।

मोरङको विराटनगर महानगरपालिकामा ८६ महिला र ८१ पुरुष गरी १ सय ६७ जनामा संक्रमण देखिएको छ। त्यसैगरी, सुन्दरहरैंचामा ४१, पथरीशनिश्चरेमा १८, लेटाङ र कटहरीमा समान ९, बूढीगंगामा ८, जहदामा ६, उर्लाबारीमा ४, केराबारी, ग्रामथान, धनपालथान, बेलबारीमा समान २, रंगेली, कानेपोखरीमा समान १ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार झापाको दमकमा ३८, बिर्तामोडमा १६, भद्रपुरमा १४, मेचीनगर, अर्जुनधारमा समान ११, गौरीगञ्जमा १०, कनकाईमा ९, बाह्रदशीमा ८, शिवसताक्षीमा ७, कमलमा ५, झापामा ४, हल्दिबारीमा ३, बुद्धशान्ति, गौरादहमा २, र ठेगाना नखुलेका १ जनामा संक्रमण देखिएको छ।

सुनसरीतर्फ धरानमा ४५, इटहरीमा २०, बराहक्षेत्रमा १०, दुहबी र ठेगाना नखुलेकामा समान ५, इनरुवामा ३, भोक्राह नरसिंह, बर्जुमा २, देवानगञ्ज, गढी, रामधुनीमा समान १ जनामा संक्रमण पुष्टि भएको छ।

पहाडीक्षेत्रतर्फ, तेह्रथुमको म्यांगलुंगमा १९, उदयपुरको कटारी ७, त्रियुगा ३, उदयपुर र बेलकामा १, ठेगाना नखुलेको २, धनकुटाको चौविसे, महालक्ष्मीमा समान १ र ठेगाना नखुलेकोमा २, भोजपुरमा २, इलाममा २, संखुवासभामा १, पाँचथरमा ठेगाना नखुलेको १, र प्रदेश १ बाहिरबाट १० जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ।

यससँगै प्रदेशभर हालसम्म ६१ हजार ६ सय ३७ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी, हाल आइसोलेसनमा १९ हजार १ सय ४२ जना संक्रमित रहेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर