युनाइटेडलाई अवे गोलको फाइदा, रोकियो एट्लेटिको — OSNepal

युनाइटेडलाई अवे गोलको फाइदा, रोकियो एट्लेटिको

LC (KTM) February 24, 2022 0

काठमाडौं, १२ फागुन- युइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा एट्लेटिको मड्रिड र म्यानचेस्टर युनाइटेडले १-१ अन्तरको बराबरी खेलेका छन् । स्पेनिस ला लिगा क्लब एट्लेटिकोको घरमा भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर एक गोलले पछि परेको स्थितिमा बराबरी गर्न सफल भएको हो ।

सातौ मिनेटमा जोआओ फेलिक्सको गोलबाट घरेलु टोलीले अग्रता लियो । खेलको ८०औं मिनेटमा एन्थोनी इलांगाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै दुवै टोलीको च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने सम्भावना जीवित छ । दोस्रो लेग १५ मार्चमा युनाइटेडको मैदानमा हुनेछ । राति नै भएको अर्को खेलमा पोर्चुगिज क्लब बेन्फिका र डच क्लब आयाक्सले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर