रोहित चन्दको जकार्ता बारिटो संग बराबरीमा रोकियो — OSNepal

रोहित चन्दको जकार्ता बारिटो संग बराबरीमा रोकियो

LC (KTM) February 23, 2022 0

नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता ईन्डोनेसियाको लिग वान फुटबलमा बराबरीमा रोकिएको छ ।बुधबार राति भएको खेलमा पर्सिजाले बारिटो पुटेरासँग १-१ गोलको बराबरी खेलेको हो ।पर्सिजाका लागि इरफान जाउहरीले सुरुवाती गोल गरेका थिए ​।

तर, बारिटोका ब्रुनोले बराबरी गोल फर्काए ।बारिटोविरुद्ध रोहितले पुरै समय मैदानमा बिताएका थिए । यस बराबरीसँगै पर्सिजाले २६ खेलमा ३८ अंक जोडेको छ । पर्सिजा लिगको सातौं स्थानमा रहेको छ ।बारिटो २६ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर