आज नेपालसहित यि पाँच देशमा एकसाथ वृक्षरोपण,अभिनेत्री करिष्माले गरिन अभियानको शुभारम्भ — OSNepal

आज नेपालसहित यि पाँच देशमा एकसाथ वृक्षरोपण,अभिनेत्री करिष्माले गरिन अभियानको शुभारम्भ

LC (KTM) June 05, 2021 0

काठमाडौँ, २२ जेठ- विश्व वातावरण दिवसका अवसरमा नेपाल, भारत, बंगलादेश, भुटान र म्यान्माका विभिन्न भागमा वृक्षरोपण गरी कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ अभिनेत्री करिष्मा मानन्धरले आज वृक्षरोपण गरी यो अभियानको शुभारम्भ गर्नुभएको हो । ‘दक्षिण एशियन टिम’ नामक स्वयंसेवी अभियानले सन् २००८ देखि विश्व वातावरण दिवसका अवसरमा यो कार्यक्रम गर्दै आएको टोली संयोजक चक्रबहादुर चन्दले राससलाई जानकारी दिनुभयो ।

अभियानले अन्र्तराष्टिय दिवसमा स्थानीय संस्थासँग मिलेर कार्यक्रम गर्दै आएको छ । देशअनुसार विभिन्न देशले आतिथ्य गर्ने कार्यक्रमलाई यसपटक नेपालले संयोजन गर्ने जिम्मेवारी पाएको थियो । नेपालमा मेची महाकाली सफाइ अभियानको संयोजनमा वृक्षरोपण गरिएको हो ।

सुदूरपश्चिम प्रदेशको चार स्थानमा कर्णाली प्रदेशका तीन स्थानमा लुम्बिनी प्रदेशको छ स्थानमा, गण्डकी प्रदेशका पाँच स्थानमा बाग्मती प्रदेशको सात स्थानमा प्रदेश दुईको आठ स्थानमा प्रदेश एकको बाह्र स्थानमा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । भारतमा दक्षिण एशियन टिमको आयोजना र कालिम्पोङ सेवा फाउण्डेशनको संयुक्त आयोजनामा भारतको सोह्र स्थानमा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । सिक्किममा अभिनेत्री रुश्मा राईले वृक्षरोपण गर्नुभएको छ ।

दक्षिण एशियन टिमका आयोजनामा बंगलादेश, भुटान र म्यान्मारमा समेत बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । यस अभियानका लागि बिभिन्न कलाकारले पनि बृक्षरोपण गर्ने र नागरिकलाई समेत बृक्षरोपण गर्न सामाजिक संजालबाट अपील समेत गरेका थिए । यूवा अभिनेता पुष्प खड्काले गृहजिल्ला कैलालीमा बृक्षरोपण गरेका छन् । यो अभियान आज विविध कार्यक्रम गरी मनाइएको छ । वातावरण जोगाउनुपर्छ भन्ने अभियानलाई जनजनमा लैजानु यसको मुख्य उद्देश्य रहेको जनाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर