थप ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि , २ जनाको मृत्यु — OSNepal

थप ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि , २ जनाको मृत्यु

LC (KTM) February 23, 2022 0

काठमाडौं ११ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १५ हजार ००३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १०३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ५६ जना र ३ हजार ५९० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५६ जना गरी ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

साथै, पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएको छ । साथै बुधबार ९११ जना संक्रमणमुक्त भएका छन्

हाल नेपालमा १० हजार ९० जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर