प्रचण्ड भन्छन् निर्वाचन घोषणा गरिसकेको सरकारले मन्त्रिपरिषद पुनर्गठन गरेर के रमिता गरेको ? — OSNepal

प्रचण्ड भन्छन् निर्वाचन घोषणा गरिसकेको सरकारले मन्त्रिपरिषद पुनर्गठन गरेर के रमिता गरेको ?

LC (KTM) June 05, 2021 0

काठमाडौं । नेपाल कम्लयुनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले गरेको मन्त्रिपरिषद पुनर्गठन संविधान विपरित भएको दावी गर्नुभएको छ ।

निर्वाचन मिति तोकिसकेको सरकाले मन्त्रिपरिसद् पुनर्गठन गर्नु संविधान अनुकुल नरहेको उहाँको ठहर छ । शनिबार एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिले आयोजना गरेको ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’मा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो ।

संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका विषय जनताका बीचमा पु-याउन शिक्षकको भूमिका महत्पूर्ण हुने पनि उहाँको भनाइ छ । उहाँले नेपाली मौलिकताको जनवादी क्रान्तिको कोर्स मात्रै पूरा भएको तर साम्राज्यवादविरुद्धको लडाइँ अझै बाँकी रहेको उद्घोष गर्नुभयो ।

कम्युनिष्ट एकता र आन्दोलनले साम्राज्यवादको लडाइँ पनि जितिने उहाँले विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले कोरोना महामारीबिरुद्ध लड्न सबै लागि पर्नु पर्ने पनि बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर