परराष्ट्र मन्त्रालयले भन्यो - अति आवश्यक कामबाहेक युक्रेनमा नबस्नु, खतरा बढ्न सक्छ — OSNepal

परराष्ट्र मन्त्रालयले भन्यो – अति आवश्यक कामबाहेक युक्रेनमा नबस्नु, खतरा बढ्न सक्छ

LC (KTM) February 23, 2022 0

काठमाडौं ११ फागुन । परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह गरेको छ ।

युक्रेनको र रुससँग भइरहहेको तनावका अहिले युक्रेनमा हिंसात्मक घटना हसन सक्ने भन्दै मन्त्रालयले आफ्ना नेपालीहरुलाई स्वदेश फर्कन आग्र गरेको हो ।

आज बुधबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले अति आवश्यक कामले त्यहीँ बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको छ ।

साथै अति आवश्यक बाहेक अन्य कामको लागि युक्रेन नजान समेत नेपाली नागरिकलाई आग्रह गरेको छ ।

युक्रेनका लागि नेपाली राजदूतावास, बर्लिन युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिक सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको मन्त्रालयलाई जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर